"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Wednesday, June 12, 2013

SLC topper from Ghailadubba. Master Ashim Ghimire

Better Education for the Better World!—Arunodaya English Boarding School!


 SLC Board Topper in Nepal for the Academic Year 2069 B.S


SLC topper from Ghailadubba. Master Ashim Ghimire, ex-student of Arunodaya is  Nepal topper for the SLC of year 2069 B.S . He started his school life from Arunodaya until He got ful fledged scholarship in little flowers Birtamode. Arunodaya English Boarding School has secured 100% result with one distinction 18 first division and 3 Second division.Wish them successful future. झापाका अशिम घिमिरेले ल्याए ९३.८७ प्रतिशत
- झापाका विद्यार्थी अशिम घिमिरेले
हिजो प्रकाशित
एसएलसीको परीक्षाफलमा ९३.८७ प्रतिशत अंक
हासिल गरेका छन्।
घैलाडुब्बा गाविसका घिमिरेका बाबु शिक्षक हुन्।असिमको प्राथमिक तह सम्मको शिक्षा घैलाडुब्बाको अरुणोदय अंग्रेजी आवासीय बिधालयमा भएको थियो । उनी हुने हुने बिरुवाको चिल्लो पात भने झै सानै देखि अत्यन्तै मिहेनती बिधार्थी थिए र शिक्षामा छात्र बृति अन्तर्गत जेहनदार बिधार्थीलाई कक्षा १० सम्मको निशुल्क शिक्षा छात्रबृति कार्यक्रम अन्तर्गत लिटल फलावर स्कुल बिर्तामोड मा पहिलो नम्बरमा नाम निकालेर उनले नि.मा.बि र मा.बि तहको शिक्षा उक्त बिधालयबाट गरेका थिए ।
लिटल फ्लावर इङ्ग्लिस स्कुल विर्तामोडका उनले
कूल ८०० पूणाङ्कमा ७ सय ५१ नम्बर
ल्याएका छन्।
विद्यालयले उनी नै
यो वर्षको एसएलसीका उत्कृष्ट
विद्यार्थी रहेको दावी गरेका छन्। यसअघिसम्म
सर्वोच्च अंक ल्याउनेमा काठमाडौंको लिटिल
एन्जल्स स्कुलका प्रसन्न नेपालको नाम
सार्वजनिक भएको थियो। उनले ९३.६२ प्रतिशत
अंक ल्याएका छन्।
 
News in ekantipurअसीमले ल्याए ९३ दशमलव ८७ प्रतिशत
बिर्तामोड, जेष्ठ २९ - यस
बर्षको प्रवेशिका परीक्षामा झापा बिर्तामोडस्थित
लिटल फ्लावर्स आवासीय
अंग्रेजी माध्यमिक
बिद्यालयका विद्यार्थी असीम
घिमिरेले सर्बोत्कृष्ट
नतिजा ल्याएका छन् ।
सिम्बलनम्बर ००४४३६५-आइ
का घिमिरे ८०० पुर्णाङ्कमा ७५१
नम्बर अर्थात ९३ दशमलव ८७
प्रतिशत नम्बर ल्याएर सर्बोत्कृष्ट
दरिएका हुन् । उनले अंग्रेजीमा ९७,
नेपालीमा ८५ गणितमा ९९,
विज्ञानमा ९८ सामाजिक
बिज्ञानमा ८२ स्वास्थ्य र
जनसंख्यामा ९३ ऐच्छिकगणितमा ९७
र कम्प्युटरमा १०० नम्बर
ल्याएको बिद्यालयका प्रशासन
प्रमुख बिज्ञान खड्काले
जानकारी दिएका छन् ।
दुई
महिनादेखि राजधानीको शान्तिनगरस्थित
डिसेन्ट ब्वाइज होस्टलमा बसेर
बि्रजकोर्सा गरिरहेका असीमले आफुले
९० प्रतिशत नम्बर कट्ला भनेर सोचे
पनि परिणाम
त्यसभन्दा राम्रो आउँदा खुसस्
लागेको कान्तिपुरलाई
टेलिफोनमा बताए । आफुलाई
बिज्ञान बिषयमा चाख भएकाले
चिकित्साशास्त्र
या इन्जिनियरिङमध्ये एक
बिषयअध्यायनगर्ने उनले बताए ।
उनले विद्यालय शिक्षाको प्रारम्भ
कक्षा-१ देखि ३ सम्म अरुणोदय
अङ्ग्रेजी मावि घैलाडुब्बामा पढेका थिए
। कक्षा चारदेखि लिटल
फ्लावर्समा पढ्दै आएका असीम
प्रारम्भदेखि नै जेहेन्दार
रहेको बिद्यालयका भाइस
पि्रन्सीपल देवकुमार दासको भनाइ
छ ।
'उ शुरुदेखि नै उत्कृष्ट हो' उनले भने
'असीमले जे गरेको छ
त्यो हाम्रो अनुमानभन्दा पर छैन' ।
असीमकी आमा हिरादेवी आदर्श उच्च
माबि घैलाडुब्बाकी प्राथमिक
शिक्षिका हुन भने बाबु टिकाराम
पशुपति अंग्रेजी उच्चमाबि सुरुङ्गाका शिक्षक
हुन् ।
घैलाडुब्बास्थित लक्ष्मीपुर
निवासी घिमिरे दम्पत्तिका दुई
सन्तानमा असीम पहिलो हुन् ।
उनकी बहिनी वर्षा पनि सोहि बिद्यालयकी कक्षा दशमा अध्ययनरत
जेहेन्दार छात्रा हुन् । बुधबार
बिहान छोराको परिक्षा परिणाम
थाहा पाएका टिकारामले प्रशन्न
हुँदै परिणामले आफुलाई खुसी बनाए
पनि आश्चर्य
नलागेको प्रतिकृया दिए ।
'गहिराइमा गएर पढ्ने
उसको बानी थियो, रट्ने होइन,'
उनले भने, 'असीमको यसै लगनशिलताले
उसलाई यो परिणाम
दिएको मेरो बुझाई छ ।' उनले छोराले
चिकित्सा बिज्ञान पढोस् भन्ने आफूले
चाहे पनि उसले इन्जिनियरिङ
या भौतिक विज्ञान पढ्न
चाहेको आफुले बुझेको खुलाए ।
पढाइको बिषयमा असीमको इच्छाभन्दा पर
गएर आफुले कुनै दवाब नदिने उनले थपे
Arunodaya English Boarding School,Ghailadubb-7, Teachers
Mark sheet of Ashim


Asim With his sister
kantipur

Asim With his Dad and Mom (TIKA Sir and HIRA Madam)



No comments:

Post a Comment