"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Wednesday, August 7, 2013

AEBS Founder President Mrs. Dumar Kumari Rajbanshi's Biography

Better Education for the Better World!—Arunodaya English Boarding School!
 
राष्ट्रीय पुरस्कार पदक पाउने प्रथम राजबंशी महिला श्रीमती डुमर कुमारी राजबंशी ज्यूको छोटो जीवनी

श्रीमती डुमर कुमारी राजबंशी
बुबा स्व. टेक नारायण राजबंशी
आमा स्व. भुलुङ्ग राजबंशी
हजुर बुबा स्व. खड्ग नारायण राजबंशी
हजुर आमा स्व.कर्ला बति राजबंशी
भाईहरु खगेन्द्र, प्रेम, राजन, सुर्य , सिताराम, बिमल, बिष्णु ( जना),
दिदि बहिनीहरुः उमा, नर्बती, महेश्वरी, धर्मकला ( जना)
पति भानु भक्त राजबंशी
छोराबुहारीहरु अरुण ंबसुन्धरा राजबंशी, अभय ंसकुन्तला राजबंशी
नाती नातीनी प्रेरणा राजबंशी, जेनीस राजबंशी
जन्म २०१७ बैशाख २१ गते
बिवाह २०३५ साल बैशाख २१ गते
शैक्षिक योग्यता एस.एल.सी. २०३६ साल
बिधालय श्री आदर्श विध्या मन्दिर .मा.बि. घैलाडुब्बा, झापा
पेशा शिक्षण २०३८ फाल्गुन २२ गते लियन पद श्री गौरी शंकर .मा.बि.डांगीबारी, झापा
           २०३९ साल जेठ गते अस्थाइ पद (आन्तरिक श्रोतबाट मासिक तलब रु२७५
           २०३९ साल चैत्र गते अस्थाइ दरबन्दि तलब प्रचलित स्केल रु १२४०
           २०४५ साल फाल्गुन १२ गते जिल्ला शिक्षा कार्यलयबाट उत्कृष्ट शिक्षक पुरस्कार
           २०४५ साल चैत्र १३ गते जि.शि.का बाट दाङ जिल्ला भ्रमण
          २०४८ बैशाख गते स्थाई नियुक्ति प्राप्त
           २०५७ साल बैशाख महिनामा अरुणोदय अंग्रेजी मा.बि, घैलाडुब्बा स्थापना
           २०५७ माघ १७ गते सरुवा भई श्री आदर्श बिध्या मन्दिर, घैलाडुब्बा
           २०५७ फाल्गुन गते हाजिर भई काम गर्न थालेको
           २०६६ साल फाल्गुन महिना देखि जिल्ला शिक्षा समिति, झापाको सदस्य
           २०६९ साल भदौ २४ गते ४६ औं राष्टिय शिक्षा दिवस अन्तराष्टिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट शिक्षा क्षेत्रमा प्रसंसनीय कार्य गरे वापत उत्कृष्ट शिक्षक घोषित गरी राष्टिय शिक्षा पुरस्कार पदक प्राप्त गरेको
आजिवन सदस्यता
नेपाल रेडक्रस सोसाइटी
नेपाल नेत्र ज्योती संघ
टेक नारायण राजबंशी फाउण्डेशन,
राष्ट्रीय पुरस्कार पदक पाउने प्रथम राजबंशी महिला श्रीमती डुमर कुमारी राजबंशी हजुर बुबा जमिन्दार स्व. खड्ग नारायण राजबंशी का नातिनी , स्व.टेक नारायण राजबंशी स्व. भुलुङ्गका  साहिली छोरीका रुपमा जन्म भएकोले उनलाई बाल्य अबस्था देखि नै शिक्षाको ज्योति प्राप्त गर्ने अवसर प्रदान भयो जुन बेला राजबंशी समुदायका ९० प्रतिशत महिलाहरु बिधालय देखेकै थिएन त्यस बेला उनी लगायत दिदीबहिनी भाईहरुको शिक्षाका लागि घरमै शिक्षकको व्यवस्था गरेर उनलाई शिक्षा दिने कार्य भएको थियो उनका बुबा समाजसेवी, दान बिर, शिक्षा प्रेमी स्व. टेक नारायण राजबंशीको पहलकदमीमा उनैले दान दिएको जग्गामा आदर्श बिधा मन्दिर, घैलाडुब्बाको स्थापना भए पश्चात उनले पनि बिधालय जाने अवसर पाए सानै देखि तेजिलो दिमाग भएकाले उनी शिक्षक शिक्षिका का लागि प्रिय छात्रा थिए कक्षा सम्म उनी कक्षामा प्रथम श्रेणीमा उतिर्ण हुने छात्रा थिए जब २०२५ सालमा उनको ममतामयी आमाको असमाहिक निधन भयो उक्त दुःखद पिडाले गर्दा उनको पढाई दिन प्रति दिन खस्कदै गयो साथै घरमा आमाको देहान्त पछि घरको काम हेरचाह गर्ने भाइ बहिनीहरुलाई स्याहार्ने जिम्मा उनकी दीदीहरु उनको काँधमा आयो त्यस पछि उनी कक्षामा चौथो , पाँचौ हुँदै अझ तल भर्न थाल्यो आमाको देहान्त हुँदा जेठी दीदी १२ बर्षको हुनु हुन्थ्यो भने माहिली दिदी ११ बर्षकी हुनुहुन्थ्यो उनी बर्षकी हुनुहुन्थ्यो हजुर बुबा ९० बर्षको हुनुहुन्थ्यो त्यसैले उहाँको पनि बिशेष हेरचाह हामीले गर्नु परथीयो हजुर बुबाको अन्तिम इच्छा नातिनीहरु जेठी माहिली दीदीको बिवाह हेर्ने भएकोले २०२७ सालमा उनको दिदीहरुको बिवाह पश्चात घरको सम्पुर्ण जिम्मेवारी उनकै काँधमा आयो उनी घरको काम काज भ्याएर मात्र बिधालय जान्थिन भने बिधालयबाट घर आए पछि फेरी भान्सा, घर धन्दा, हजुर बुबाको हेरचाह, भाई बहिनीहरुको स्यारसुसार तिर ध्यान दिनु पर्थीयो तर पनि उनी राती १० देखि ११ बजे सम्म स्कुलका गृह कार्यहरु गर्ने गर्थिन् परिक्षाको बेलामा पनि उनलाई पढने समय जुर्दैन थियो २०२८ सालमा उनको हजुर बुबाको स्वास्थ खस्कदै गएकाले उनी हजुर बुबाको स्याहार सुसारका लागि बिधालय छाडेर घरमै बस्नु पर्ने बाध्यता भयो तीन महिना पछि उनको हजुर बुबाको निधन भयो त्यस पछि काज किरिया सकेर फेरी बिधालय नियमित जान पाएता पनि कोर्ष निकै अघि बडिसकेकाले उनको पढाई झन कमजोर हुँदै गयो छुटेका पाठहरु बाहेकका पाठहरु मात्र पढेर परिक्षा दिनु परेकोले त्यस बर्ष उनी दागी लगाएर पास भइन् त्यस पछि उनी जम्मा ३३ जना बिधार्थीमा ३२ स्थानमा पुगीन् कक्षा देखि फेरि रेगुलर बिधालय जाने अवसर पाएकाले उनी घरकाम बाट समय निकालेर राति १२ बजे सम्म सधै अध्ययन गर्ने गरेकीले त्यस बर्ष फेरी आठौं स्थान ल्याएर पास हुन सफल भइन् २०३२ सालमा उनले एस.एल.सी परिक्षा दिएकी थिए त्यस बेला पनि पढन समय आफनो काम काज, स्यार सुसार भ्याएर मात्र निकाल्थिइन उनलाई गणित बिषयको अल्जेब्रा एक दम गाह्रो लाग्थ्यो गणित अभ्यास गर्ने समय पनि नभएकाले गर्दा उनी एस.एल.सी परिक्षामा उतिर्ण हुन असफल भईन् छोरी मान्छेहरु पढेर काम छैन भन्ने ततकालिन सामाजिक मान्यताले गर्दा त्यस पछि उनले दुई बर्ष एस.एल.सी परिक्षा नदिईकन घरमै बसिन् २०३५ साल बैशाख २१ गते डाँगीबारी निवासी स्व. टीकालाल राजबंशीका छोरा श्री भानु भक्त राजबंशी संग उनको बैवाहिक सम्बन्ध गाँसियो राजबंशी समुदायमा ततकालिन अबस्थामा घरका बुहारीले घरको सबै काम काज आँफै गर्नु पर्ने समाजिक मान्यतालाई उनले पनि आफनो कर्तव्य ठान्दै आफनो जिम्मेवारी पुरा गरे त्यस बेला राजबंशी समुदायमा बुहारीलाई लगाइने नियम कानुन एकदम कडा थियो प्राय सबै राजबंशी समुदायको घरमा बुहारीको ड्युटी बजे देखि शुरु हुन्थ्यो भने राति १० बजे मात्र ड्युटी समाप्त हुन्थ्यो त्यस ताका राजबंशी समुदायका बुहारीहरुले गर्ने कामहरु ीबहान बजे उठेर भान्सा घर , बस्ने घर, भण्डारण घर, ग्वाली घर , आँगन सबै बडार कुडार गरि अनि लिप्नु पर्ने त्यस पछि घरका सबै सदस्यहरुलाई चिया बनाएर पस्कनु पर्ने, एक छिन मै जलपान यानि खाजा ख्वाउनु पर्ने, हलिहरुलाई खेतमा चापानी पठाउनु पर्ने , देवरहरुलाई खाना ख्वाएर बिधालय पठाउनु पर्ने, घर धन्दा गरि नुहाइ धुबाइ गरी दिउसोको खाना पकाउनु पर्ने, घरका सम्पुर्ण सदस्यहरुलाई खाना पस्केर ख्वाउदा समय अथबा कहिलेकाँही बज्थ्यो, एक छिन आराम नगरिकन फेरी बेलुकी पखको आँगन सरसफाई बडार कुडार अनि चिया नास्ताको ड्युटी शुरु हुन्थ्यो, त्यस पछि खाना बनाई सक्दा बज्थ्यो भने खाँदा पिउदा, धन्दा गरि सक्दा राती १० बजि सक्थ्यो त्यस बेलाको परिवार प्राय राजबंशी समुदायको ठुलो परिवार भएकाले हँदा सामाजिक मुल्य मान्यता पनि बुहारीहरु प्रति कठोर भएकाले गर्दा उनलाई पनि यी सबै कार्यहरु गर्ने दिन चर्या भैसकेको थियो उनको परिवारमा सासु, ससुरा, श्रीमान्, चार जना देवर, जना दिदी, जना बुहारी गरि जम्मा दश सदस्य परिवार थियो भने नोकर हलि जना, गोठालो जना गरि जम्मा १५ जनाको खाना पकाउनु पथ्र्यो
Principal Sir with his  Mother





























नुहाएर खाना पकाउनु, पाइखाना गए पिछे नुहाएर मात्र घर भित्र पस्नु पाउने, गाउ छिमेक डुलेर आयो भने पनि नुहाएर प्रबेश गर्नु पर्ने, बजार बाट घर आउदा समेत नुहाउनु पर्ने, तल्लो जातकोले कुचो समात्यो भने उक्त कुचो छोएमा नुहाउनु पर्ने, झाडा पखाला लाग्दा समेत हरेक पटक नुहाउनु पर्ने, प्रत्येक आईतबार बिहिवार वटा घर अनि आँगन गोवर माटो पानीले लिप्नु पर्ने, उनको परिवारले पालेका १४वटा भैंसी , जोडी गोरु वटा गाँईको गोबर सोर्नु पर्ने कामहरु उनले गर्नु पर्ने दिनचर्या बन्न गयो सबै काम भ्याएर उनी राती अवेर सम्म एस.एल.सी परिक्षाको तयारी गर्थीन् उनले २०३६ सालमा फेरी एल.एल.सी परिक्षामा सामेल भइन् श्रीमान्को होसला प्रेरणा ले गर्दा उनले शिक्षा प्रतिको मोह त्याग्न सकिनन् उनले एस.एल.सी परिक्षा दिंदा उनी सात महिनाकी गर्भवती थिइन् , उनको शारिरीक अबस्था निकै कमजोर थियो , काम काजको खटान चाँपले गर्दा स्वास्थ्य पनि बिग्रेको थियो एस.एल.सी परिक्षा दिंने समयमा उनलाई पेट दुख्ने मासी परेर पटक पटक बाहिर भित्र गर्दै अस्वास्थताको बावजुत पनि आफनो अध्ययनलाई निरन्तरता दिन उनले हौसला नहाँरीकन एस.एल.सी परिक्षा दिएका थिए उतिर्ण भएकी थिइन् २०३७ साल बैसाख ३१ गते उनको जेठो छोरा अरुण राजबंशीको जन्म भयो भने २०३८ साल पौष महिनामा कान्छा छोरा अभय राजबंशीको जन्म भयो कान्छा छोरा जन्मेको महिना पछि २०३८ साल फाल्गुन देखि उनले श्री गौरी शंकर .मा.बि, डाँगीबारमिा शिक्षण पेशामा प्रबेश गरे त्यस बेला राजबंशी समुदायका छोरी बुहारीहरुलाई सार्वजनिक काममा जानु निकै आश्चार्यको बिषय मानिन्थ्यो घर समाजमा पनि कुरा काटने नराम्रो प्रचलन थियो ति सब कुरालाई चिर्दै ज्ञानको ज्योति बाडन् उनले यस्ता कुरिति बिरुद्ध लडदै आफनो पेशालाई लगन मेहनतले अगाडी बढाए जसको फल स्वरुप उनलाई २०४५ साल फाल्गुन १२ गते जिल्ला शिक्षा कार्यलय, झापाले उनको शैक्षिक योगदानलाई कदर गर्दै नगद रु.दुई सय प्रशंसा पत्र पदान गर्यो शिक्षण पेशामा आबद्ध भए पछि धेरै चुनौतीको सामना गर्नु पर्ने भयो बिहान काम काज सकेर खाजा स्कुल जाने देवरहरुको खाना तयार गरि , खुबाइ अनि वर्षको एक छोरा दुइ महिनाको अर्को छोरालाई दुध ख्वाएर उनी बिधालय जान्थिइन, फेरी टिफिनमा आफना नानीहरुलाई ख्वाउन आउ थिइन् उनी बिहान बेलुकाको घरको काम गर्न भ्याउथिइन भने दिउसोको भात भान्सा नभ्याएकाले परिवारका शदस्यहरु उनी प्रति नकारात्मक दृष्टिले व्यावहार गर्न थाल्यो जसको फल स्वरुप नानीहरुको हेरचाहमा सदस्यहरुको अरुचि बडयो , उनको नानीहरुलाई उनी कोक्रामा सुताएर बिधालय जान्थिन् ति नानीहरु रुँदा पनि कोक्रो नहलाइदिने, जति रुए पनि नसम्हालि दिने, पाक्र्दै गरेको सब्जी चुल्होबाट झिकेर बच्चालाई दुध ख्वाएर सुताउनु पथ्र्यो अनि पुःन पकाउनु पर्ने, घरका हलि गोठाला परिवारका सदस्यहरुलाई खाना पस्केर ख्वाउदा समेत नानीलाई पिठयुमा बोकेर काम गर्नु पर्ने जस्ता यातनाहरुले गर्दा शिक्षण पेशालाई त्याग्ने उनले बिचार गरेका थिए तर फेरी उनको बुबा जस्तै माया गर्ने ससुरा श्रीमान्को उत्प्रेरणाले गर्दा उनले सकारात्मक सोचको बिकास गरि यी सबै यातना शारिरिक, मानसिक पिडालाई पछि पार्दै समाज राष्ट्रको उज्यालो भबिष्यको चिन्तन गर्दै आफनो कठिन जिबनलाई मैनबति जस्तै जलाउदै ज्ञानको ज्योति बालि उज्यालो छर्ने कार्यको निरन्तरता दिई राखे बुहारीले शिक्षा दान गर्ने बडो पुन्य कार्य गर्दै दिन् भन्दै उनका ससुरा बुवा आफनो बुहारी प्रति गर्व गर्थिन् जसले गदौ उनी आफना शारिरक मानसिक पीडा बिर्षिन्थिइन् उनी कहिले खाँदै गर्दा स्कुलको घन्टी बज्थ्यो आधी पेट खाएर नि उनी स्कुल पढाउन जान्थिइन भने कहिले भोकै नानीहरुलाई बिध्या बाडन बिधालय जाने उनको बाध्यता थियो उनी कहिलेकाँही टिफिन टाइममा खाना खान पाउथिइन भने कहिले बजे छुटि पछि मात्र खान पाउथिइन् यसरी ंदश बर्ष सम्म उनले संघर्षरत जिवन व्यतित गर्दै देशका कर्णदारहरु लाई शिक्षा दिने कार्य गरे उनले २०४८ साल बैशाख गते नेपाल सरकार बाट स्थाई नियुक्ति प्राप्त गरि शिक्षण पेशाको माध्यम बाट देशलाई सेवा गर्ने कार्यको निरन्तरता दिइरहेका छन् २०४८ सालमा उनको देवरहरुको बिवाह पश्चात कामको चाप न्युनिकरण भयो भने काम काजमा उनलाई देवरानीहरु बाट धेरै सहयोग भयो त्यस पछि उनको शारिरिक मानसिक पिडा बाट उनी मुक्त भए आरामको अनुभुति गर्न पाए समाजमा पनि अनौपचारिक शिक्षाको माध्यम बाट प्रौढहरुलाई उनले रातीको समयमा आफनै घरमा आफनै लगानीमा अक्षर चिन्न छरछिमेक का प्रौढ महिलाहरुलाई लगाए, उनले गाउ घरमा रहेका बिकृतिहरु बिरुद्ध सचेतना जगाउने कार्य गरे , धर्म कर्ममा ध्यान दिनु पर्छ भनि बाल्मिकी रामायण उनले गाउ घरका मानिसहरुलाई आफनै निवासको आँगनमा बाचन गर्दै कथाको अर्थ प्रष्टाउदै धार्मिक प्रवचनहरु दिने कार्य गरेका थिए वि.सं २०५० सालमा उनको श्रीमान्को तलब उनको तलब बाट बचाएको केहि पैसाले घैलाडुब्बामा आफनै कमाइले बनाएको घरमा बसाइसराई गरिन उनको उनको श्रीमान्को पारिश्रमिकबाट छाराहरुलाई बोर्डिङ्ग स्कुल पढाउने घर बनाउने कार्यमा खर्च भयो उनको हौसला सदप्रेरणाले गर्दा बि. २०५७ सालमा उनले घैलाडुब्बामा अरुणोदय अंग्रेजी मा.बिको स्थापना गरिन् हाल सम्म उक्त बिधालयले हजारौ बिधार्थीहरुलाई मा.बि तह सम्मको शिक्षा अंग्रजी माध्यम बाट दिइरहेको भने उच्च मा.बि सम्मका कक्षाहरु संचालन गर्ने बिधालयको भावि कार्ययोजना रहेको कुरा उनी बताउछिन् नो पेन नो गेन , यानि आफु नमरि स्वर्ग पुगिदैन भने झै मिहिनेत, सकरात्मक सोच, उच्च मनोबल, संघर्षशिल भयौं भने हामी अवश्य पनि सफल हुन सक्छौ भन्नुहुन्छ राष्टिय शिक्षा पुरष्कार प्राप्त गर्न सफल प्रथम राजबंशी महिला श्रीमति डुमर कुमारी राजबंशी उहाँ भन्नु हुन्छ हामीले हाम्रो समाजमा शिक्षाको ज्योति फैलायौ भने घरमा छोरी अथवा बुहारीहरु प्रति गरिने यो प्रकारको भेदभाव हामी रोकथाम गर्न सक्छौं यदि महिला प्रति गरिने भेदभावलाई जरैसँग उखेल्यौं भने मात्र हाम्रो समाज राष्ट्र बिकसित हुन सक्छ अन्यथा राष्ट गरिविको रेखा मुनि रहिरहने हाम्रो समाजमा चेतना जगाउन अपरिहार्य , छोरीलाई शिक्षा प्रदान गर्नु हरेक सचेत नागरिकको दायित्व हो, छोरीलाई समान अवसर प्रदान गर्नु सक्नु पर्छ तब मात्र त्यो घर बन्छ, समाज बन्छ, राष्ट्र बलियो बन्छ अनि सुन्दर संसारको निर्माण हुन्छ