"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Sunday, June 16, 2013

Board Topper 2069 Faliciated by AEBS बोर्ड फस्ट असिमलाई अरुणोदय अंग्रजी मा.बि मा सम्मान

Better Education for the Better World!—Arunodaya English Boarding School!






बोर्ड फस्ट असिमलाई अरुणोदय अंग्रजी मा.बि मा सम्मान


एस.एल.सी परिक्षा २०६९मा सर्वोत्कृष्ट अंक ल्याई बोर्ड टप गर्ने छात्र अशिम घिमिरे उक्त बिधालयका छात्र छात्राहरुलाई अरुणोदय अंग्रेजी मा.बिले आज सम्मान तथा बधाई कार्यक्रम बिधालय अभिभावक संघका अध्यक्ष श्री गंगा प्रसाद उप्रती ज्युको सभाध्यक्षतामा सम्पन्न भयो उक्त बिधालयबाट कुल २२ जना बिधार्थी मध्ये जना बिशिष्ठ, १८ जना प्रथम, जना द्धितिय गरि शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको असिम कक्षा देखि सम्म उक्त बिधालयमा अध्ययन गरेका थिए कार्यक्रम बिधालयका प्रिन्सिपल अरुण राजबंशीले गर्नु भएको थियो भने प्रमुख अतिथ्यता घैलाडुब्बा गा.बि. अध्यक्ष सुदर्शन बरालले गर्नु भएको थियो उक्त कार्यक्रममा असिमका आमा हिरा पराजुली घिमिरे, अरुणोदयका संस्थापक भानु राजबंशी, आदर्श उच्च मा.बिका प्र. धर्मानन्द गौतम, नारी चेतनाका अध्यक्ष गौरा उप्रेती, एभरेष्ट अंग्रजी बिधालयका संस्थापिका गोमा बेडारी, टेकनारायण फाउण्डेशनका प्रेम प्रसाद राजबंशी, समाजसेवी धनपति मैनालीले बधाई मन्तव्य राख्दै बधाई  दिदै नानीहरुको उज्वल भविष्यको लागि कामना गनु भएको थियो कार्यक्रमा बिधालयका बिधार्थी, अभिभावक, घैलाडुब्बा बासीको उपस्थिती रहेको थियो भने घैलाडुब्बा गा.बि.सको कार्यलयको तर्फबाट भब्य सम्मान कार्यक्रम गरिने प्रमुख अतिथि तथा गा.बि.सका अध्यक्ष शुदर्सन बराल ज्युले जानकारी दिनु भयो बोर्ड फस्ट गर्ने अशिम को आमा श्रीमति हिरा पराजुली घिमीरे भन्नु मन्त्व्यको क्रममा भन्नुभयो अशिमलाई अनुशान अनि प्राथमिक शिक्षा दिने अरुणोदय ईग्लिस बोर्डिङ्ग स्कुल, घैलाडुब्बाले गर्दा आज लगनशील, अनुशाशित, मिहेनती भएर नै बोर्ड फस्ट आउन सफल भयो, लिटल फलावर अंग्रजी मा.बि, बिर्तामोडको रजत बर्षको उपलक्ष्यमा कक्षा दश सम्म नि शुल्क अध्ययन गर्ने छात्रबृति पाउनु पनि अरुणोदयकै देन हो मैले पढाउने बिधालय साइकलमा घण्टा चलाएर पुग्नु पर्ने बाध्यता थियो, अशिम सानै थियो अरुणोदयका फाउण्डर सर भानु राजबंशी ज्युलाई नानी जिम्मा लगाएर जान्थे अनि छुटी भैसकेर सबै नानी घर पुगी सक्दा असिमलाई लिन स्कुल पुग्थें त्यस बेला फाउण्डर सरले मेरो नानीलाई बिस्कुट, चिउरा, मुरै दिएर नास्ता खुवाउनु हुन्थ्यो, अनि गेट बाट छिर्दा उनैले मोजा जुता आफैं लगाइदिएर नानीलाई बाई बाई गर्न लगाएर बिदा गर्नु हुन्थ्यो, होम वर्कहरु पनि आधा जति स्कुल मै आँफैले गर्न लगाउनु हुन्थ्यो मेरो नानी पढाईमा सानै देखि तेज थियो तर स्वभाबैले सानोमा बिधालय भने पछि रुने प्राय सबैको बानी हुन्छ असिम पनि रुन्थ्यो, उसलाई डर देखाउन एक दिन सरले तिमीलाई रुखमा चडाएर छोडि दिन्छु भन्दै चड्ने हो ? भनेर सोध्दा उसले हुन्छ सर मलाई ठेली दिनु भने सानो नानीको पोजिटिभ एटिच्युड देखेर सरले मलाई त्यसै बेला भन्नु भएको थियो यो नानी तपाईको कोख बाट जन्मेको हिरा हो तपाई को नाम हिरा त्यसैले यो पनि एक दिन देशकै हिरा हुनेछ सबै नानी भन्दा भिन्न सोच सकारात्मक सोच, सत्यवादी बालक पाउनु भएको भन्दै त्यस दिन भएको परिघटना सुनाउनु भयो मलाई खुसी लागेको थियो आश्चार्य पनि कि साँचै सरले भनेको कुरा हुन्छ ? अहिले मलाई लाग्छ अब अशिमले राम्ररी उच्च शिक्षा हासिल गर्छ दैशको हिरा भएर जन्मन्छ अरुणोदयमा पढदा देखिका साथीहरु, बिधालयको अनुशाशन, पढाई एकदम राम्रो भएको कुरा अशिमले बिर्तामोड पढदा पनि घरमा चर्चा गरि रहन्थ्यो आज निकै खुसी छु हजुरहरुको मिहेनतको सधै आभारी रहने छु असिमले जहिले पनि आँफु पढेका बिधालयलाई आभार प्रकट गर्न चाहन्छु भन्दै बाल्यकालमा .. ... यसै बिधालयबाट शिकेको हुँ भाबि दिनमा अझै मिहेनत गरेर अगाडिको पढाईलाई पुरा गर्ने साथै बधाई दिने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद ब्यक्त गरेका थिए