"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Monday, February 11, 2013

PABSON Sports Meet 2069 in Arunodaya English Boarding School

Better Education for the Better World!—Arunodaya English Boarding School!









अरुणोदयमा प्याब्सनको खेलकुद प्रतियोगीता
प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तर्गत झापा क्षेत्र नं ५का २२ वटा संस्थागत बिधालयका बिधार्थीहरु बिच बिभिन्न खेलकुद प्रतियोगीताहरु घैलाडुब्बा वार्ड नं को अरुणोदय इलिस बोर्डिग स्कूलमा सम्पन्न भएको प्याब्सन क्षेत्रिय संयोजक एल पी उप्रतीको सभाअध्यक्षता, सल्लाहकार राम सिटौलाको प्रमुख आतिथ्यता, अरुणोदय संस्थापक भानु राजबंशीको बिषेश आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आयोजक बिधालय अरुणोदयका बिधार्थीहरुले श्री लाल कृष्ण झा द्धारा रचित, डा.गौतम राजबंशी, जनिला तामाङ्गको गायनमा अरुणोदय हाम्रो कति राम्रो , घैलाडुब्बाको शान हो भन्ने गीत प्रस्तुत गरि कार्यक्रम उदघाटन गरेका थिए भने बिधालयका प्रिन्सिपल अरुण राजबंशीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संचालन गरेका थिए उक्त खेलकुद प्रतियोगीतामा टेबल टेनिस छात्रा तर्फ सिंगल डबल नि.मा.बि मा.बि चार वटै प्रतियोगीता आयोजक बिधालय अरुणोदयले स्वर्ण पदक हासिल गर्न सफल भएको छात्रा तर्फ नि.मा.बि सिङगलमा बिशाका राई प्रथम, नि.मा.बि डबलमा बिशाका राई निशा राजबंशी, छात्रा तफ मा.बि सिङ्गलमा युनिका राजबंशी प्रथम हुन सफल भएको भने उनले तेस्रो पल्ट निरन्तर आफनो प्रथम स्थान जमाउन सफल भएकी छिन त्यसै गरि डबल मा.बि तर्फ अरुणोदयकै युनिका राजबंशी अल्का शाह स्वर्ण पदक हात पारेका छन् छात्र तर्फ टेबल टेनिस मा.बि एकलमा प्रथम स्थान प्यारगन एकेडमी सुरुङ्गाका अनमोल कटुवाल, दोस्रो स्थान पशुपतिका श्रीजन कडेल, त्यसै गरि नि.मा.बि एकलमा प्यारागनका अन्जेश दाहाल, दोस्रो स्थान कन्चनजङ्गाका राकेश सुबेदी, डवल मा.बि तर्फ छात्रहरुमा पशुपति सुरुङ्गाका श्रीजन कडेल बिबेक, दोस्रो स्थान अरुणोदयकै बिधार्थीहरु सुमित राजबंशी देबेन्द्र थापाले जीत हासिल गरेका छन्
कार्यक्रमका बिजेताहरुलाई प्रमाण पत्र पदकहरु प्रमुख अतिथि राम सिटौला, बिशेष अतिथि भानु राजबंशी संयोजक एल.पि उप्रतिले बितरण गर्नु भएको थियो
भलिबल फाइनल बुधवार यसै बिधाaलयको प्राङ्गणमा बजे हुनेछ






























No comments:

Post a Comment