"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Tuesday, January 29, 2013

बिधालय गानअरुणोदय हाम्रो कति राम्रो,घैलाडुब्बाको शान हो ।

Better Education for the Better World!—Arunodaya English Boarding School!

बिधालय गान
अरुणोदय हाम्रो कति राम्रो,
घैलाडुब्बाको शान हो ।
पूर्वाञ्चल शिक्षा क्षेत्र बीचको,
झापा जिल्लाको मान हो ।। १ ।।
अरुणोदय हाम्रो ....................

अंग्रेजी आवाशीय यो बिधालय,
यति बिकसित जति हिमालय ।
मोति ज्योति उत्पादन गर्छ,
यो यसको स्वाभिमान हो ।। २ ।।
अरुणोदय हाम्रो ......................

औंसीको घोर अंध्यारोमा,
शिशिरको कठिन तुषारोमा,
दिग्दर्शन भै मद्धत गर्छ,
यो नै जन कल्याण हो ।। ३ ।।
अरुणोदय हाम्रो .........................

बिधालय पुगी बिधार्थी झुम्छ ,
थकानलाई बिर्साई दिन्छ ।
पढाईले कक्षा गुञ्जिरहन्छ,
यहाँको शिक्षक महान् हो ।। ४ ।।
अरुणोदय हाम्रो .........................

खेलकुद, व्यायाम, योगासन,
नृत्य, गीत अनि मनोरञ्जन,
ज्ञान, बिज्ञान सधै भरि दिन्छ,
यो राष्टियताको पहिचान हो ।। ५ ।।
अरुणोदय हाम्रो.........................

हिन्दु, मुस्लिम, बौद्ध र जैन,
ईश्वर एउटै भेद केहि छैन,
नीलो नभका चराहरुमा
कोहिलीको मीठो तान हो ।। ६ ।।
अरुणोदय हाम्रो .......................

रचनाकार ः – श्री लाल कृष्ण झा, मलंगवा –९८४४०८७०७२
सेवा निवृत शिक्षक समिति, सर्लाही
केन्द्रिय सचिब

 

No comments:

Post a Comment